Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 18, 2017
नेपाली कांग्रेस सिन्धुलीका पूर्व महासमिति सदस्य शोभा कोइरालाको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 श्रावण ३, २०७४
शोक विज्ञप्ति
 
नेपाली कांग्रेस सिन्धुलीका पूर्व महासमिति सदस्य शोभा कोइरालाको हिजो काठमाडौँ स्थित केएमसी अस्पतालमा उपचारका क्रममा निधन भयो । सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी स्वर्गीय कोइराला विगत केही समयदेखि कलेजो सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको श्रीमान र दुई छोरा हुनुहुन्छ । 
 
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व महासमिति सदस्य शोभा कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ । 
उहाँको हिजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर के.सी.ले पार्टीको झण्डा ओढाएर उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु— दिपक गिरी, श्यामकुमार घिमिरे र सरिता प्रसाई लगायत स्वर्गीय कोइरालाका आफन्तजनहरुले स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files