Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 20, 2016
मुलुकका विभिन्न भागमा भिषण वर्षा भई बाढी प्रैह्रो आउनुका साथै सडकमार्गमा समेत क्षति पुग्न गई ठूलो संख्यामा जनधनको क्षति तथा लम्जुङको सडक दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

 जेठ ०७, २०७३
प्रेस विज्ञप्ति
 
वर्षायामको प्रारम्भसंगै मुलुकका विभिन्न भागमा भिषण वर्षा भई बाढी प्रैह्रो आउनुका साथै सडकमार्गमा समेत क्षति पुग्न गई ठूलो संख्यामा जनधनको क्षति, सडक दुर्घटना वढ्दै गएकोमा नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । गतवर्षको विनाशकारी भुकम्प र त्यसपछि निरन्तर आइरहेको पराकम्पनले भुवनोट र भूसंरचनामा समेत ठूलो प्रभाव परेको अवस्थामा देशभरमा रहेको बाढी प्रैह्रो जोखिमपूर्ण वस्तिहरुको पहिचान गरी समयमै सुरक्षीत स्थान र त्यस्तो जोखिमपूर्ण स्थानमा जीनवयापन गरिरहेका नागरिकहरुलाई सुरक्षीत स्थानको बसोबासको प्रवन्ध गरी भविष्यमा हुन सक्ने थप जनधनको क्षति रोक्न र न्यूनिकरण गर्न आवश्यक पहल तत्काल प्रारम्भ गर्नु आवश्यक छ । यसर्थ, तत्काल यस दिशमा प्राथमिकताका साथ आवश्यक सम्पूर्ण कार्य गर्न गराउन नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँदछ ।
 
यसै सन्दर्भमा, तनहुबाट लम्जुङ्गतर्फ जाँदै गरेको यात्रुवाहक वस हिजो जेष्ठ ६ गते दुर्घटना हुँदा करिव एक दर्जन यात्रुहरुको असामयकि निधन भएको र कैंयन यात्रुहरु गम्भिर घाइते भएका छन । यसैगरी, कालिकोट जिल्लाको कोटवाडा गा.वि.स. मा अविरल वर्षापछि प्रैह्रो जादा सात जनाको निधन, ३ जना घाइते र ४ जना वेपत्ता हुनुका साथै ठूलो भौतिक सम्पत्तिको क्षति हुन गएको छ । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा लम्जुङ्गमा भएको सडक दुर्घटनामा र कालिकोटको पैह्रोमा परी ढेड दर्जन भन्दा वढिको असामयिक निधन भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्नु भएको छ । साथै, उक्त दुई छुट्टाछुट्टै दुर्घटनामा परी असामयिक निधन हुनु भएकाहरु सम्पूर्णको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।
 
नेपाली कांग्रेस उक्त दुर्घटनामा परी वेपत्ता भएकाहरुको तत्काल खोजी गर्न, घाइतेहरुको शिघ्र स्वास्थ्योपचारको व्यवस्था गर्न र बाढी पैह्रोका कारण घरवार विहिन भएकाहरुको सुरक्षीत तथा व्यवस्थित वासस्थानको प्रवन्ध तत्काल गरी खाद्यन्न लगायत आवश्यक राहत सामाग्रीहरुको समेत शिघ्र व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दछ ।
 
कृष्ण प्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files