Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 15, 2016
दैलेख, कालिकोट, सल्यान लगायतका जिल्लाहरुमा कतिपय व्यक्तिहरुको मृत्यु, सयौँको संख्यामा घाइते, विस्थापित र धनसम्पत्तिको क्षतिप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त

 जेठ ०२, २०७३
प्रेस विज्ञप्ति
 
हालै देशका विभिन्न भागमा केही दिनदेखि परेको अविरल वर्षाका कारण उत्पन्न पहिरो र बाढीबाट दैलेख, कालिकोट, सल्यान लगायतका जिल्लाहरुमा कतिपय व्यक्तिहरुको मृत्यु, सयौँको संख्यामा घाइते, विस्थापित र धनसम्पत्तिको क्षतिप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । प्र्राकृतिक विपतको यस दुःखद घडीमा सम्पूर्ण प्रभावितजनहरुप्रति पार्टी आफ्नो साथ सहयोग र ऐक्यवद्धता जाहेर गर्दछ । 
 
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले यो प्राकृतिक विपतको घटनामा परी ज्यान गुमाउनु भएका र घाइते हुनु भएकाहरुप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । 
 
नेपाली कांग्रेस मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ र उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको नेपाली कांग्रेस कामना गर्दछ । यस विपतमा परेका पीडित परिवारहरुलाई उद्धार, राहत र सहयोग गर्न सबै पक्षसँग नेपाली कांग्रेस आग्रह गर्दछ । नेपाली कांग्रेसका स्थानीय पार्टी निकायहरु तथा भातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई पनि पीडित परिवारको उद्धार र राहत कार्यमा आवश्यक सहयोग पु¥याउन नेपाली कांग्रेस आग्रह गर्दछ ।
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files