Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 11, 2016
काठमाडौंनिजगढ फास्ट ट्रयाक सम्बन्धमा सभापति शेरबहादुर देउवाको विज्ञप्ति

 वैशाख २९, २०७३
विज्ञप्ति
काठमाडौं–निजगढ फास्ट ट्रयाक बारे हिजो मैले संसदमा बोलेको विषयलाई लिएर केही संचार माध्यमहरूमा प्रकाशित समाचारप्रति मेरो ध्यान आकर्षित भएको छ । पूूर्ववर्ती सरकारले बुट ऐन अन्तरगत अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनौट गरी परियोजनाको सम्झौता प्रक्रिया अगाडि बढाई सम्बन्धित पक्षलाई दिने नदिने कुराको टुङ्गो लगाउन बाकी रहेको र यसै सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परि विचाराधिन रहेको कुरालाई ध्यानमा राखौँ भन्ने मेरो भनाई रहेको प्रष्ट पार्न चाहन्छु । साथै, लगानीकर्तामा पनि नकारात्मक सन्देश जानु हुँदैन भन्ने मेरो चिन्ता हो । 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files