Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 08, 2016
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व सांसद रमेश रिजालकी ८७ वर्षीया ममतामयी माता शान्तादेवी रिजालको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

 
 
वैशाख २६, २०७३
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व सांसद रमेश रिजालकी ८७ वर्षीया ममतामयी माता शान्तादेवी रिजालको आज विहान ७ः३० बजे काठमाडौँ स्थित आफ्नै निवासमा निधन भयो । स्वर्गीय रिजालले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
प्रदीप पराजुली
सचिव
 
Share on Facebook

Attachments#
No files