Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 03, 2016
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सभापति शेरबहादुर देउवाले दिनुभएको शकामना सन्देश

 ३ मे २०१६÷(वैशाख २१, २०७३)
 
शुभ–कामना
 
आज मे महिनाको ३ तारिख, सबै चेतनशील वर्गको अभिव्यक्ति स्वतन्त्रतालाई प्रत्याभूत गरेको— प्रेस स्वतन्त्रता दिवस । आजको यो ऐतिहासिक दिनले संसारभरिका सम्पूर्ण पत्रकारहरुलाई आफूले स्वतन्त्र पत्रकारिताको हक सुरक्षा गरेको इतिहासलाई मात्र सम्झाउँदैन, यो दिनले सबैलाई आफ्नो अधिकार रक्षाको निमित्त सजग भएर लागिरहने प्रेरणा पनि प्रदान गर्छ । यो ऐतिहासिक दिनमा म सबै पत्रकार र पत्रकारिता क्षेत्रमा लाग्नु भएका सबैलाई हार्दिक शुभ–कामना दिन चाहन्छु ।  
प्रेस र लोकतन्त्र एक अर्काका अनन्य सहयोगी र एक अर्काका पर्याय भएर रहेका छन् । नेपालमा लोकतन्त्र प्राप्तिको हरेक आन्दोलनहरुमा समाजलाई सचेत र जागरुक बनाउन तथा आम नागरिकहरुको हक र अधिकारको लागि सचेत गराउन पत्रकार मित्रहरुले अहंम भूमिका निर्वाह गर्दै आइरहनु भएको छ । नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणका क्रममा पनि प्रेसले पु¥याएको योगदानलाई कसैले पनि विर्सन सक्दैन । लोकतन्त्रमा मात्र पत्रकार र प्रेसको सम्मान हुने भएको हुँदा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको सफल कार्यान्वयन तथा संरक्षण गर्नु सबैको कर्तव्य र दायित्व भएकोले यस दिशातर्फ सम्पूर्ण पत्रकारहरु अत्यन्त सजग र जिम्मेवार रहनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । 
जनताले सुसूचित हुन पाउने लोकतन्त्रको मूलभूत शर्त हो । त्यसलाई वाञ्छित रुपले अघि बढाउने माध्यम प्रेस वा पत्रकारिता नै हो । त्यसैकारण निर्भिक, निष्पक्ष, स्वच्छ र स्वतन्त्र प्रेसको पक्षमा नेपाली कांग्रेस सधैं लागिरहने कुरा म प्रेस जगतलाई अवगत गराउँदै, विश्व प्रेस स्वतन्त्रता दिवसको यस अवसरमा पुनः सम्पूर्ण पत्रकार वर्गहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु । 
जय नेपाल !
 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files