Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 02, 2016
पोखरा उपमहानगरपालिका १५ नं। वडा कार्यसमितिका सचिव वर्ष ४७ का प्रमोद भट्टराईको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

 वैशाख २०, २०७३
शोक विज्ञप्ति
 
नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य एवं सो संघका तनहुँ जिल्लाका सभापति बद्रिहरि भट्टराईका कनिष्ठ सुपुत्र एवं नेपाली कांग्रेस पोखरा उपमहानगरपालिका १५ नं. वडा कार्यसमितिका सचिव वर्ष ४७ का प्रमोद भट्टराईको गत वैशाख ९ गते काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भयो । उहाँ मृगौला र निमोनियाबाट पीडित हुनुहुन्थ्यो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको ।
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस समवेदना प्रकट गर्दछ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files