Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 17, 2013
एनेकपा माओवादीका कार्यकर्ता नेपाली कांग्रेसमा आज प्रवेश

 
 
भाद्र १, २०७०
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको प्रमुख आतिथ्यतामा आज नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बझाङ जिल्लाका एनेकपा (माओवादी) का कार्यकर्ताहरु उक्त पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीको साधारण सदस्यता प्रदान गरी पार्टी प्रवेश गर्नेहरुलाई हार्दिक स्वागत तथा शुभकामना प्रकट गर्नु भएको थियो । 
नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा— बझाङ सेनपसेल—६, भोरगाउँका डीसिएम झलक मजगाई, शंकर मजगाई, नरेश मोर, पंकज मजगाई, संजीव मजगाई, विशाल वि.क., राजेन्द्र मोक, झिम मोक, राजेन्द्र वि.क., राजेश वि.क., जीवन वि.क., हेमन्तवाडाका सुशील कु. विष्ट, सुनबुढाका पदमबहादुर विष्ट र रतनबहादुर विष्ट हुनुहुन्छ । 
उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य फरमूल्लाह मंसुर लगायत नेपाली कांग्रेस बझाङका नेताहरुको उपस्थिति रहेको थियो । 
 
 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files