Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 16, 2013
प्रजातन्त्र सेनानी वेदप्रसाद पनेरुको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

 श्रावण ३२, २०७०
प्रेस विज्ञप्ति
 
प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेस जिल्ला कार्यसमिति, स्याङ्जाका पूर्व कार्यवाहक सभापति ८३ वर्षीय वेदप्रसाद पनेरुको आज विहान ५ बजे आफ्नै निवास रंगेठाटी, स्याङ्जामा निधन भयो । वि.सं. २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि वि.सं. २०१७ देखि वि.सं. २०२५ सम्म उहाँ भारत प्रवासमा रहेर नेपालमा प्रजातन्त्र स्थापनाका लागि संघर्षरत रहनु भयो । वि.सं. २००७ सालदेखि वि.सं. २०६२÷६३ सालका आन्दोलनहरुमा निरन्तर रुपमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । विगत २ वर्षदेखि उहाँ अस्वस्थ हुनुहुन्थ्यो । 
 
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वेदप्रसाद पनेरुको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ—
“प्रजातन्त्र सेनानी वेदप्रसाद पनेरुको निधनले मलाई दुःखीत र स्तब्ध बनाएको छ । नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका लागि अनवरत रुपमा नेपाली कांग्रेसमा रही स्वर्गीय पनेरुले पु¥याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति म हार्दिक समवेदना प्रकट गर्दछु ।” 
 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files