Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 13, 2013
मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का केन्द्रीय सदस्य तथा राजनीतिक समितिका सदस्य डा. तिलकबहादुर रावल सो पार्टी परित्याग गरी आज नेपाली कांग्रेसमा प्रवेश

जेठ २९, २०७०
प्रेस विज्ञप्ति

मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का केन्द्रीय सदस्य तथा राजनीतिक समितिका सदस्य डा. तिलकबहादुर रावल सो पार्टी परित्याग गरी आज नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । उहाँसँगै सो पार्टीका केन्द्रीय विभागका सदस्य, जिल्ला पदाधिकारी, क्षेत्रीय पदाधिकारी एवं भ्रातृ संस्थाका पदाधिकारीहरु लगायत ठूलो संख्यामा साधारण सदस्यहरु पनि नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ ।
 यसरी प्रवेश गर्नेहरुमा— मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का केन्द्रीय संगठन विभागका सदस्य पूर्णबहादुर बुढा, महिला विभागका शारदा विष्ट, मधेशी विद्यार्थी फोरमका केन्द्रीय सदस्य तथा सचिवालय सदस्य प्रवेश विष्ट, किसान संघका सहसचिव मुम्ताज अली अंसारी, मुस्लिम फोरमका केन्द्रीय सदस्य मुसिर दर्जी, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अछामका जिल्ला अध्यक्ष कर्णबहादुर के.सी., सल्लाहकार महाजित साउँद, सचिव विवेक रावल, कालिकोटका जिल्ला अध्यक्ष रतनबहादुर शाही, सचिव धीरबहादुर विष्ट, कैलालीका उपाध्यक्ष नेत्रप्रसाद जोशी, क्षेत्र नं. १ कैलालीका क्षेत्रीय सभापति गणेश रावल, क्षेत्रीय सल्लाहकार भीमबहादुर रावल, क्षेत्र नं. २ का क्षेत्रीय सल्लाहकार पदमराज जोशी, गाउँ कार्यसमितिका अध्यक्ष टंक भण्डारी, सुर्खेतका जिल्ला उपाध्यक्ष पूर्णप्रसाद धमला, युवा फोरम कैलालीका जिल्ला सदस्य टंक जोशी र प्रेम रावत, युवा फोरम कैलाली जिल्ला कार्यसमिति सांस्कृतिक सदस्य प्रेम भण्डारी, महिला फोरम जिल्ला कार्यसमिति कैलालीका सदस्य मनमाया लामा दलाई हुनुहुन्छ ।
 यसैगरी कालिकोटका सुमन विष्ट, अछामका हिरण्य कुँवर, मिनबहादुर भण्डारी, मोतिकला तिमिल्सीना, लालबहादुर भण्डारी, कैलालीका कर्ण खड्का, कृष्ण भण्डारी र गणेश सावद नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ ।
 नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आज विहान आफ्नै निवास महाराजगञ्जमा नेपाली कांग्रेसमा प्रवेश गर्नु भएका डा. तिलक रावल सहितका नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसको साधारण सदस्यता प्रदान गर्नु भएको थियो ।

चिनकाजी श्रेष्ठ
मुख्य सचिव 
 

Share on Facebook

Attachments#
No files