Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 13, 2013
नेपाली कांग्रेसका एक सशक्त योद्धा बद्री कोइरालाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

जेठ २९, २०७०
प्रेस विज्ञप्ति

 मोरङ जिल्ला विराटनगरका नेपाली कांग्रेसका एक सशक्त योद्धा बद्री कोइरालाको आज निधन भयो । नेपाली कांग्रेसको सशस्त्र संघर्षका बेला बम बनाउँदा उहाँले संवेदनशील अंग गुमाउनु परेको थियो । उहाँ आजिवन अविवाहिता हुनुहुन्थ्यो । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।
 उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रदीप पराजुली
सचिव
 

Share on Facebook

Attachments#
No files