Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 11, 2013
जुम्लामा नेकपा माओवादीको आक्रमणबाट नेपाली कांग्रेसका कार्यकर्ताहरु गम्भीर घाइते


जेठ २८, २०७०
प्रेस विज्ञप्ति

 जुम्लामा जडबुटी संकलन गरी घर फर्कने क्रममा गत जेठ २५ गते २०÷२५ जनाको समूहमा आएका नेकपा—माओवादीका कार्यकर्ताहरुले सुनियोजित रुपमा आक्रमण गर्दा नेपाली कांग्रेसका कार्यकर्ताहरु गम्भीर रुपमा घाइते भएका छन् । उक्त घटनालाई लिएर भोलिपल्ट जेठ २६ गते कार्यालय तर्फ गैरहेका जिल्ला पशु सेवा कार्यालय कर्मचारी युनियनका सह–सचिव जनक सैंजुवाललाई नेकपा–माओवादीका हतियारधारी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । गम्भीर घाइते सैंजुवाललाई जेठ २६ गते नै हेलिकोप्टरबाट काठमाडौँ ल्याई बाँसबारी स्थित न्यूरो अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । त्यसैगरी जेठ २५ मा जडीबुटी संकलन गरी फर्कने क्रममा नेपाल तरुण दलका शंकर शाही र नेपाल शिक्षक संघका घनश्याम थापा पनि गम्भीर घाइते भएका छन् ।
नेकपा–माओवादीका कार्यकर्ताहरुबाट भएको यस प्रकारको उद्दण्ड, उच्छृखंल र हिंसात्मक गतिविधिको नेपाली कांग्रेस घोर भत्र्सना र निन्दा गर्दछ । साथै, यस्ता घटनाहरु पुनः नदोहो¥याउन नेपाली कांग्रेस नेकपा–माओवादीलाई चेतावनी दिन चाहन्छ । गम्भीर घाइतेहरुको उपचारको व्यवस्था मिलाउन, घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानूनी कार्वाही गर्न र आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत गर्न नेपाल सरकारको नेपाली कांग्रेस ध्यानाकर्षण गराउँदछ ।


चिनकाजी श्रेष्ठ
मुख्य सचिव

 

Share on Facebook

Attachments#
No files