Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 08, 2013
भारत सरकारको निमन्त्रणामा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको भारत भ्रमणको कार्यक्रम

जेठ २५, २०७०


प्रेस विज्ञप्ति

 नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा भोलि जेठ २६ गते (तदनुसार ९ जुन २०१३) का दिन एयर इण्डियाको उडान नं २१४ द्वारा विहान १०ः०० बजे काठमाडौँबाट दिल्लीतर्पm प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री विमलेन्द्र निधि र नेता शेरबहादुर देउवाको धर्मपत्नी डा. आरजु राणा देउवा समेत उक्त भ्रमण कार्यक्रममा रहनु हुनेछ । भ्रमणका क्रममा भारतको उत्तरखण्ड प्रदेश समेत पुग्ने उहाँहरुको कार्यक्रम रहेको छ । उहाँहरुको दिल्लीमा भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेश मन्त्री सलमान खुर्सिद, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेश सचिव रञ्जन मथाई लगायत भारत सरकारका उच्च पदस्थ पदाधिकारीहरुसँग भेट हुने कार्यक्रम रहेको छ । त्यस्तै भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, राष्ट्रवादी कांग्रेस पार्टीका अध्यक्ष शरद पवार, समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादव, काग्रेस पार्टीका महामन्त्रीद्वय जनार्दन द्विवेदी र दिग्विजय सिंह, कांग्रेस पार्टीका विदेश विभाग प्रमुख करण सिंह, नेपाल सोलीड्यारीटी सोसाइटीका अध्यक्ष डीपी त्रिपाठी, सिताराम यचुरी, केसी त्यागी, सुरिन्दर भदौरिया, विजय प्रताप लगायतका राजनीतिक शीर्ष नेताहरुसँग भेटघाट हुने कार्यक्रम रहेको छ । उहाँहरुलाई नेपाली दूतावास र नेपाली जनसम्पर्क समिति भारतले स्वागत एवं सम्मान गर्ने कार्यक्रम समेत राखेको छ ।

 

 प्रदीप पराजुली
 सचिव
 

Share on Facebook

Attachments#
No files