Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 28, 2013
गणतन्त्र दिवसका अवसरमा सभापति श्री सुशील कोइरालाद्वारा शुभकामना व्यक्त

जेष्ठ १५, २०७०
शुभकामना !

गणतन्त्र दिवस २०७० का अवसरमा सर्वप्रथम, लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो प्राणको आहुती दिनु हुने वीर शहिदहरुप्रति उच्च सम्मान सहित हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।

नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानवाट ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो ।

मुलुक अहिले इतिहासकै अत्यन्त कठिन संक्रमणकालवाट गुज्रिरहेको छ । जननिर्वाचित व्यवस्थापिकाको अभावमा मुलुकमा अनेकन संवैधानिक र कानूनी जटिलताहरु उत्पन्न भएका छन । गणतन्त्र स्थापनाको छैठौं वर्ष प्रवेश भईसक्दा समेत संघीय लोकतान्त्रिक गणतन्त्रका आधार स्तम्भहरु अद्यावधि मजवुत वन्न सकिरहेका छैनन । जनतावाट निर्वाचित प्रतिनिधिहरुको सभा
(संविधान सभा) वाट नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान निर्माण गर्ने उद्देश्यका साथ मुलुक पुनः दोस्रो पटक संविधानसभाको निर्वाचनको अभियानमा अगाडि वढिरहेको छ । मुलुकका सवै जात, जाती धर्म, वर्ण, लिङ्ग, सम्प्रदाय तथा विचारधारा मान्ने नेपाली जनताको व्यापक र सक्रिय सहभागितामा नै आसन्न संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुन सक्दछ । स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने जिम्मेवारीका साथ स्थापित गरिएको वर्तमान सरकारले तोकिएको समयमै आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्नेछ र मुलुकलाई संक्रमणकालवाट छिट्टै मुक्त गराउनमा सफल हुनेछ भन्ने विश्वास सम्पूर्ण मुलुकवासीले गरेका छन । यसर्थ, कैंयन शहिदहरुको वलिदान र त्याग तथा नेपाली जनताको व्यापक सहभागिताका कारण मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत वनाउनका लागि जिम्मेवार सम्पूर्ण पक्षहरु आ–आफ्नो स्थानमा इमान्दार र सक्रिय रहनु आजको राष्ट्रिय जिम्मेवारी र कर्तव्य हो ।

गणतन्त्र दिवस २०७० ले यस दिशामा सवैलाई प्रेरणा र मार्गदर्शन प्रदान गर्नेछ भन्ने विश्वासका साथ यस अवसरमा सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु ।

जय नेपाल !

सुशील कोइराला
सभापति
 

Share on Facebook

Attachments#
No files