Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 27, 2013
केन्द्रीय सदस्य गगनकुमार थापा माथिको आक्रमण र नवप्रवेशी जीवन के.सी.को अपहरण प्रति कांग्रेसको घोर निन्दा र भत्र्सना

जेठ १३, २०७०
प्रेस विज्ञप्ति

 नेपाली कांग्रेस केन्द्रको निर्देशन बमोजिम देशव्यापी रुपमा जिल्ला, क्षेत्र, गाउँ, नगर वडा तहसम्म संगठन सुदृढीकरण तथा परिचालन सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन भैरहेका छन् । यसै सिलसिलामा नेपाली कांग्रेस रुकुमको आयोजनामा यही जेठ १२ गते क्षेत्र नं. २ को गरायलाको बेलटापुमा केन्द्रीय सदस्य गगनकुमार थापा प्रमुख अतिथि वक्ता भएको आमसभामा एमाओवादीका कार्यकर्ताहरुले सुनियोजित रुपमा आक्रमण गरेका छन् । एमाओवादीका पूर्व लडाकूहरु सहित केही कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गर्ने क्रममा एमाओवादीका कार्यकर्ताहरुले ढुंगामुढा गरी कार्यक्रम विथोल्ने प्रयास गरेका थिए । यसबाट नेपाली कांग्रेसका दर्जनौँ कार्यकर्ताहरु घाइते भएका छन् । आमसभा विथोल्न नसकेपछि पराजीत मानसिकतामा रहेका एमाओवादीका कार्यकर्ताहरुले कार्यक्रम समाप्तिपछि वासस्थान फर्कन लाग्नु भएका केन्द्रीय सदस्य थापा लगायत जिल्ला स्तरीय नेताहरुलाई लक्षित गरी उहाँहरु चढनु भएको गाडीमाथि समेत ढुंगा प्रहार गरेका थिए । साथै, उक्त घटनापछि गए राति नै गरायला गा.वि.स. का नेपाली कांग्रेसका कार्यकर्ताहरुको घर घरमा एमाओवादी प्रवेश गरी नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई निर्मम तवरले कुटपिट गरेका छन् । हिजै नेपाली कांग्रेसमा प्रवेश गरेका जीवन के.सी.लाई आज विहान एमाओवादीका कार्यकर्ताहरुले अपहरण गरी लगेका छन् र वेपत्ता पारेका छन् ।
शान्तिपूर्ण रुपमा संचालन भैरहेको आमसभामा एमाओवादी पार्टीका कार्यकर्ताहरुबाट भएको यस प्रकारको उद्दण्ड, उच्छृखंल र हिंसात्मक गतिविधि र अपहरण जस्तो जघन्य अपराधको नेपाली कांग्रेस घोर भत्र्सना र निन्दा गर्दछ । साथै, यस्ता घटनाहरु पुनः नदोहो¥याउन नेपाली कांग्रेस एमाओवादीलाई चेतावनी दिन चाहन्छ । एमाओवादीबाट कार्यक्रम विथोल्न सक्ने पूर्व जानकारी पाएको स्थानीय प्रहरी प्रशासन समेत सम्भावित आक्रमणप्रति उदासिन रहनु र सुरक्षाको उचित प्रबन्ध गर्न नसक्नु अत्यन्त खेदजनक छ । साथै, अपहरण गरी लगेका जीवन के.सी.लाई सकुशल मुक्त गरी फिर्ता ल्याउन र अपहरण जस्तो जघन्य अपराधमा संलग्न एमाओवादी कार्यकर्ताहरुलाई कडा भन्दा कडा कार्वाही गर्न तथा आमसभामा र केन्द्रीय नेताहरुमाथि ढुंगामुढा गर्ने उद्दण्ड र उच्छृंखल व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानूनी कार्वाही गर्न र आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत गर्न नेपाल सरकारको नेपाली कांग्रेस ध्यानाकर्षण गराउँदछ ।

चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files