Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 14, 2013
सभापति कोइरालाद्वारा ज्येष्ठ राजनीतिज्ञ सभाको सदस्य सचिवमा प्रा.डा. भूपति ढकाल कमलाई मनोनित

वैशाख ३१, २०७०

प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति श्री सुशील कोइरालाले नेपाली कांग्रेसको विधान, २०१७ (२०५१, २०५४, २०५७, २०६२, २०६४ र २०६६ मा संशोधन र परिमार्जन गरी मिलाइएको रूपमा) बमोजिम ज्येष्ठ राजनीतिज्ञ सभामा छोरेपाटन, पोखरा उपमहानगरपालिका—१७, कास्की निवासी प्रा.डा. भूपति ढकाल “कमल” लाई सदस्य–सचिवमा हिजो मनोनयन गर्नु भएको छ ।
नेपाली कांग्रेसमा रही लामो समयदेखि निरन्तर योगदान पु¥याउँदै आएका, तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको संरचनामा नरहेका ६५ वर्ष उमेर पुगेका पार्टीका ज्येष्ठ राजनीतिककर्मीहरूको केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रमा ज्येष्ठ राजनीतिज्ञ सभा र जिल्लामा जिल्ला सभापतिको अध्यक्षतामा ज्येष्ठ राजनीतिज्ञ समिति रहने व्यवस्था पार्टीको विधानमा रहेको छ ।

 

 चिनकाजी श्रेष्ठ
 मुख्य सचिव

 

Share on Facebook

Attachments#
No files