Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 28, 2013
नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङका सदस्य ५८ वर्षीय महेशराज आचार्यको हिजो वैशाख १४ गते हृदयघातबाट निधन प्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त

 

वैशाख १५, २०७०

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङका सदस्य ५८ वर्षीय महेशराज आचार्यको हिजो वैशाख १४ गते हृदयघातबाट निधन भयो । स्वर्गीय आचार्य नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङका पूर्व सचिव, सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य हुनुहुन्थ्यो । स्वर्गीय आचार्यले नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । स्वर्गीय आचार्यको श्रीमती, एक छोरा र दुुई छोरी हुनुहुन्छ ।

उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।


 प्रदीप पराजुली
 सचिव

 

Share on Facebook

Attachments#
No files