Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 27, 2013
मुख्य सचिव पदबाट वसन्तकुमार गौतमले दिनुभएको राजीनमा सभापति सुशील कोइरालादारा स्वीकृत र नयाँ मुख्य सचिवमा चिनकाजी श्रेष्ठ नियुक्त

 


वैशाख १४, २०७०
प्रेस विज्ञप्ति

 सभापति श्री सुशील कोइरालाज्यूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिव पदबाट श्री वसन्तकुमार गौतमले दिनु भएको राजीनामा आज स्वीकृत गर्नु भएको छ ।
 त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पसमा भौतिक शास्त्रका सह–प्राध्यापक श्री वसन्तकुमार गौतमले सह–प्राध्यापक पदबाट राजीनामा गरे पछि तत्कालीन सभापति श्री गिरिजाप्रसाद कोइरालाले उहाँलाई नेपाली कांग्रेसको नवौँ महाधिवेशन पश्चात् मुख्य सचिवमा नियुक्त गर्नु भएको थियो । उहाँले २०५४ साल श्रावण महिनादेखि २०६२ साल माघ महिनासम्म मुख्य सचिवको रुपमा काम गर्नु भएको थियो । २०६२–६३ को जनआन्दोलन पश्चात श्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि प्रधानमन्त्रीको स्वकीय सचिवालयमा २०६३ वैशाख देखि २०६५ श्रावणसम्म उहाँले प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो । नेपाली कांग्रेसको १२ औँ महाधिवेशन पश्चात् २०६७ मंसिरमा सभापति श्री सुशील कोइरालाले उहाँलाई पुनः केन्द्रीय कार्यालयको मुख्य सचिवमा नियुक्त गर्नु भएको थियो ।
 आजै सभापति श्री सुशील कोइरालाले गोरखाका महासमिति सदस्य
श्री चिनकाजी श्रेष्ठलाई केन्द्रीय कार्यालयको मुख्य सचिवमा नियुक्त गर्नु भएको छ । श्री श्रेष्ठ नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाका सभापति रही सक्नु भएको छ । साथै, श्री श्रेष्ठ यस अघि प्रतिनिधिसभा सदस्य र अर्थ राज्यमन्त्री समेत रही सक्नु भएको छ ।


 प्रदीप पराजुली
 सचिव
 

Share on Facebook

Attachments#
No files