Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Sep 24, 2012
१३ राजनीतिक दलको बैठकको निर्णय

 
 
 
असोज ८, २०६९
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका सभापति श्री सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा आज बसेको १३ राजनीतिक दलको बैठकले निम्न प्रकार निर्णय गरेको छ । 
 
१. राष्ट्रिय सहमतिका निमित्त वाधक रहेको एनेकपा (माओवादी) का उपाध्यक्ष वावुराम भट्टराईले नेतृत्व गरेको वर्तमान सरकार तत्काल हट्नु पर्दछ भन्ने बैठकको ठहर रहेको छ । 
 
२. वर्तमान सरकार हटेर राष्ट्रिय सहमतिको सरकार गठन हुनु राजनीतिक निकासको पहिलो पाइला हो भन्ने बैठकको सर्वसम्मत निष्कर्ष रहेको छ । 
 
३. वर्तमान सरकारका विरुद्ध आन्दोलन गर्नु अनिवार्य रहेको कुरामा बैठक सहमत भएको 
छ । भावी कार्यक्रम सम्बन्धमा छलफल गर्नको लागि असोज ११ गते दिउँसो १२ः०० बजे नेकपा (एमाले) को केन्द्रीय कार्यालय, बल्खुमा बैठक बस्ने निर्णय भएको छ । 
 
 
सहभागी दलहरु
१. नेपाली कांग्रेस
२. नेकपा (एमाले)
३. नेकपा—माओवादी
४. मधेशी जनअधिकार फोरम नेपाल 
५. राष्ट्रिय मधेश समाजवादी पार्टी
६. राष्ट्रिय प्रजातन्त्र पार्टी
७. नेकपा (संयुक्त)
८. नेकपा (माले)
९. राष्ट्रिय जनमोर्चा
१०. चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल
११. समाजवादी जनता पार्टी
१२. नेपाल सद्भावना पार्टी (आ.)
१३. नेकपा (मसाल)
 
Share on Facebook

Attachments#
No files