Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 10, 2020
प्राकृतिक विपतको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त

 असार २६, २०७७

 प्रेस विज्ञप्ति 

अविरल वर्षा पछि आएको वाढी, पहिरो र डुवानको कारणले देशका विभिन्न जिल्लाहरुमा जनधनको ठूलो क्षति भएको र पीडितहरुको जिवन कष्टकर बन्दै गएको छ । पछिल्लो घटना अनुसार— कास्कीमा ७ को मृत्यु र ११ जना घाइते, लम्जुङमा ३ मृत्यु र ४ घाइते, सिन्धुपाल्चोकमा २ को मृत्यु र २१ वेपत्ता, म्याग्दीमा ३२ जना वेपत्ता भएका छन् । त्यसैगरी कैयौं नागरिक बासस्थानबाट विस्थापित भएका छन् र कैयौं स्थानहरुमा बाढी, पहिरोका कारण सडक यातायात अवरुद्ध भई नागरिकले कठिनाई व्यहोर्न परेको छ । यो प्राकृतिक विपतको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । 

प्राकृतिक विपतको यो घटनाप्रति दुःख व्यक्त गर्दै सभापति शेरबहादुर देउवाले— मुलुक कोरोना कहरको पीडामा रहेको बेला फेरि अर्को प्राकृतिक विपत बाढी, पहिरोको समेत सामना गर्नु परेको छ । यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी बनाउन छिटोभन्दा छिटो प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न सरकारले सम्पूर्ण रुपले ध्यान केन्द्रीत गर्न आग्रह गर्नु भएको छ भने प्रभावित क्षेत्रका नेपाली कांग्रेसका स्थानीय पार्टी निकायहरु तथा भातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई पनि पीडित परिवारलाई तत्काल उद्धार र राहत कार्यमा आवश्यक सहयोग पु¥याउन निर्देशन गर्नु भएको छ ।



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files