Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 07, 2020
प्रजातन्त्रका सेनानी स्व. नारायणदत्त रानाभाटको धर्मपत्नी तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट र नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीका सचिव देवेन्द्रराज रानाभाटको ममतामयी माता खिमकुमारी रानाभाटको १०० वर्षको उमेरमा आज विहान पोखरा महानगरपालिका वडा नं. २६ स्थित आफ्नै निवासमा निधन

 असार २३, २०७७

शोक विज्ञप्ति

प्रजातन्त्रका सेनानी स्व. नारायणदत्त रानाभाटको धर्मपत्नी तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट र नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीका सचिव देवेन्द्रराज रानाभाटको ममतामयी माता खिमकुमारी रानाभाटको १०० वर्षको उमेरमा आज विहान पोखरा महानगरपालिका वडा नं. २६ स्थित आफ्नै निवासमा निधन भयो । उहाँका ४ छोरा र २ छोरी हुनुहुन्छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— “नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएकी प्रजातन्त्र सेनानी खिमकुमारी रानाभाटको निधनको खबरले मलाई दुःखीत बनाएको छ । स्वर्गीय रानाभाटले आफ्ना सन्तति र पार्टीका साथीहरुलाई सदैव देश, लोकतन्त्र र आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ । उहाँमा म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट लगायत सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।”


कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files