Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 05, 2012
२०६९ जेठ २६ गते खुलामञ्चमा हुने विरोधसभा तयारी सन्दर्भमा बसेको २२ राजनीतिक दलको बैठकको निर्णय

जेठ २३, २०६९
प्रेस विज्ञप्ति

 नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा २२ राजनीतिक दलहरुका केन्द्रीय प्रतिनिधिहरुको आज विहान ८ बजे बैठक बस्यो । बैठकमा एनेकपा
(माओवादी) नेतृत्वको सरकारको असंवैधानिक, प्रतिगामी र निरंकुश निर्णय एवं माओवादी सर्वसत्तावादका विरुद्ध काठमाडौँको खुलामञ्चमा २०६९ जेठ २६ गते हुने विरोध सभाको तयारी सन्दर्भमा छलफल भएको थियो । बैठकले २०६९ जेठ २४ गते अपरान्ह २ बजे नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कार्यालय, बल्खुमा सबै राजनीतिक दलहरुको स्वयंसेवक परिचालन सम्बन्धी बैठक गर्ने र जेठ २५ गते अपरान्ह २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files