Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 01, 2020
रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी ८३ वर्षीया रानुदेवी अधिकारीको हिजो बेलुका काठमाडौं स्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन

 
वैशाख १९, २०७७
 
 
शोक विज्ञप्ति
 
रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी ८३ वर्षीया रानुदेवी अधिकारीको हिजो बेलुका काठमाडौं स्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भयो । उहाँ मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । 
 
२००७ साल अघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरको जुट मिलमा स्थापना गरिएको प्रजातन्त्र रेडियोमा उहाँले गीत गाउनु भएको थियो । उहाँ रेडियो नेपालकी प्रथम गायिका समेत हुनुहुन्थ्यो । स्वर्गीय अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।  
 
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— निरंकुशता विरुद्ध भएको प्रजातान्त्रिक आन्दोलनको कठिन समयमा प्रजातन्त्र रेडियोमा गीत गाएर रानुदेवी अधिकारीले जुन साहस देखाउनु भयो त्यो हामी सबैका लागि प्रेरणादायी छ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनमा मेरो व्यक्तिगत र पार्टीको तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु । 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files