Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 27, 2020
संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठकले निम्न लिखित निर्णय गरेको छ ।

 वैशाख १५, २०७७

संयुक्त वक्तव्य 

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठक आज बस्यो । उक्त बैठकमा निम्नानुसार उपस्थिति थियो ।  

नेपाली कांग्रेस ः श्री शेरबहादुर देउवा, श्री रामचन्द्र पौडेल, श्री विमलेन्द्र निधि, श्री विजयकुमार गच्छदार, डा. शशांक कोइराला, श्री पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, श्री गोपालमान श्रेष्ठ, श्री प्रकाशमान सिंह, श्री विश्वप्रकाश शर्मा र श्री राधेश्याम अधिकारी । जनता समाजवादी पार्टी, नेपाल ः श्री महन्थ ठाकुर, डा. वावुराम भट्टराई, श्री उपेन्द्र यादव, श्री राजेन्द्र महतो, 
श्री महेन्द्र यादव, श्री शरदसिंह भण्डारी,  श्री अशोक राई र श्री राजेन्द्र श्रेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टी ः डा. प्रकाशचन्द्र लोहनी ।
 
बैठकले निम्न लिखित निर्णय गरेको छ । 

(१) लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ । हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौं र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।  

(२) सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन् । यस्ता अपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गर्दछ । 

(३) कोरोना भाइरसको संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस् कार्ययोजना सरकारले दिन सकेको छैन । यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्दछ । साथै, कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेष्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तिव्रता दिन यो बैठक माग गर्दछ । 

नेपाली कांग्रेस 
श्री शेरबहादुर देउवा, सभापति  

जनता समाजवादी पार्टी, नेपाल 
श्री उपेन्द्र यादव  
श्री शरतसिंह भण्डारी 

राष्ट्रिय प्रजातन्त्र पार्टी
डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष  
 
Share on Facebook

Attachments#
No files