Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 24, 2020
बालुवाटार भेटघाट बारे प्रेस नोट

 वैशाख १२, २०७७
 
बालुवाटार भेटघाट बारे प्रेस नोट
 
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा र प्रधानमन्त्री श्री के.पी. शर्मा ओली बीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट सम्पन्न भएको छ । भेटका क्रममा सभापति देउवाले निम्न कुरा प्रधानमन्त्री समक्ष राख्नुभएको छ ।
 
(१) दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ । तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ । मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।
 
(२) ब्यापक परिक्षण अहिलेको आवश्यकता हो ।
समुदाय स्तरमा व्यापक परिक्षण गर्न ढिलो नगरौं ।
 
(३) स्वास्थकर्मीहरुलाई पीपिइ लगायतका सामग्री अझै पर्याप्त पुगेको छैन । यथासिघ्र पु¥याउनु 
प¥यो । स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छ ।
 
(४) श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् ।
  • राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेन ।
  • श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस् ।
 
(५) बिदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे, आज उनीहरु अप्ठ्यारोमा परेका छन् । त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस् ।
 
सभापति देउवाले कोरोनाको जोखिमसंग लडिरहंदा अब बिवादका कुनै कुरा नल्याउन तपाईंलाई मेरो सुझाव छ, भनेर प्रधानमन्त्रीलाई थप सजग पनि गराउनु भएको छ 
 
कृष्णप्रसाद पौडेल 
मुख्य सचिव
नेपाली कांग्रेस 
 
Share on Facebook

Attachments#
No files