Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 05, 2012
कांग्रेसद्वारा पोखराको हिउँ पहिरोबाट भएको जनधनप्रति गहिरो दुःख र सहयोग उद्धारका लागि अपील

 

वैशाख २३, २०६९
प्रेस विज्ञप्ति

कास्की जिल्लाको सार्दी खोला गा.वि.स.को तातोपानी (खारापानी) गाउँमा अन्नपूर्ण हिमालबाट अकस्मात हिउँ पग्लिएर आएको पहिरोले मानव बस्ती बगाएको छ । प्राप्त समाचार अनुसार अहिलेसम्म पहिरोमा परी १७ जनाले ज्यान गुमाइसकेका छन् भने ५ जनाको उद्धार गरिएको छ । कति संख्यामा व्यक्तिहरू हराइरहेका छन् ? यकिन भैसनसकेको अवस्था छ ।

यो विध्वंसकारी हिउ पहिरोमा परी धेरै परिवारले ठूलो खतरा र कठिनाइँ बेहोरिरहेका छन् । यस विपतिबाट भएको जनधनको क्षतिप्रति नेपाली काँग्रेस गहिरो दुःख प्रकट गर्दछ । यसमा तत्काल ध्यान दिएर पीडित परिवारहरुको खाने र बस्ने प्रबन्ध गर्न, हराइरहेकाहरुको तदारुकताका साथ खोजी र उद्धार गर्न, मृतक परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन नेपाली काँग्रेस सरकारसँग जोडदार माग गर्दछ । यसप्रति संवेदनशील र सहानुभूतिशील भएर पीडित परिवारलाई सहयोग गर्न समेत नेपाली काँग्रेस सबँैसँग आग्रह गर्दछ ।

नेपाली कांग्रेस मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ र अकालमा आफ्ना परिवारका सदस्यहरुलाई गुमाउने सम्पूर्ण शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files