Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 17, 2019
संविधानसभाका सांसद, नेपाली कांग्रेसका महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सभापति रामेश्वरप्रसाद ढुंगेलकोल निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 पौष १, २०७६


शोक विज्ञप्ति

संविधानसभाका सांसद, नेपाली कांग्रेसका महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सभापति रामेश्वरप्रसाद ढुंगेलको उपचारका क्रममा आज त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भयो । स्वर्गीय ढुंगेल संविधान सभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट विजयी हुनु भएको थियो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा तथा पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामेश्वरप्रसाद ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । स्वर्गीय ढुंगेलले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको सक्रिय भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ । 

नेपाली कांग्रेस पूर्व सांसद रामेश्वरप्रसाद ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । स्वर्गीय ढुंगेलको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना व्यक्त गर्दछ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files