Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 08, 2019
बाँकेको कोहलपुरमा त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज विहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यस पश्चात उत्पन्न परिस्थितिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण

 मंसिर २२, २०७६
 
 
 
प्रेस विज्ञप्ति
 
बाँकेको कोहलपुरमा त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज विहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यस पश्चात उत्पन्न परिस्थितिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । 
 
प्रहरी नायब निरिक्षकको नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले सावधानी अपनाउन नसक्दा घटनाले गम्भीर रुप लिई सर्वसाधारण नागरिक लगायत सुरक्षाकर्मी सहित दर्जनौं घाइते हुने अवस्था बन्नु अत्यन्त दुःखद छ । 
 
उत्पन्न परिस्थितिलाई संयमित भई समाधान गर्न, घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था गर्न तथा घटनाका दोषीलाई तत्काल कार्वाहीको प्रकृया थालनी गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ । साथै, सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको नेपाली कांग्रेस कामना गर्दछ । 
 
जय नेपाल !
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files