Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 30, 2012
धनुषा जनकपुरमा भएको बम विष्फोटको ने.कां. द्वारा घोर निन्दा र भत्र्सना

वैशाख १८, २०६९
प्रेस विज्ञप्ति

धनुषा जिल्ला जनकपुर नगरपालिकाको रामानन्द चोकमा आज विहान १०ः१५ बजे आपराधिक समूहले राखेको बम विष्फोटनमा परी ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा— जनकपुर नगरपालिका वडा नं १० का झग्गु दास, वडा नं ४ की रञ्जुदेवी झा, वडा नं. ८ का सुरेश उपाध्याय र विमलशरण दास रहेका छन् । तीन दर्जन भन्दा बढी व्यक्तिहरु घाइते भएका मध्ये— नेपाली सेनाको हेलिकोप्टरबाट १० जना र यति एयरलाइन्सबाट ४ जना उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

आपराधिक समूहबाट भएको कायरतापूर्ण र मानवता विरोधी यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । घटनामा संलग्न अपराधीहरुको यथाशीघ्र खोजी गरी उनीहरुलाई कडा भन्दा कडा कार्वाही गर्न, आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति गर्न, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको सम्पूर्ण उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग मांग गर्दछ ।

साथै, मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files