Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 14, 2019
नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिका पूर्व सदस्य ४३ वर्षीय रामबहादुर तामाङको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 असार २९, २०७६
 
शोक विज्ञप्ति
नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिका पूर्व सदस्य ४३ वर्षीय रामबहादुर तामाङको आज उपचारका क्रममा त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा हृदयघातबाट निधन भयो । धादिङको रुवीभ्याली—४, सेर्तुङ निवासी तामाङले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै उहाँका सबै शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस समवेदना प्रकट गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files