Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 14, 2019
काठमाडौँका सक्रिय व्यक्तित्व ६८ वर्षीय गोपालकृष्ण आलेको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 असार २९, २०७६
 
 
शोक विज्ञप्ति
नेपाली कांग्रेसका काठमाडौँका सक्रिय व्यक्तित्व ६८ वर्षीय गोपालकृष्ण आलेको आज विहान काठमाडौँ स्थित ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा निधन भयो । उहाँ मृगौला सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय आले २०४९ र २०५४ को स्थानीय निर्वाचनमा धापासी गा.वि.स.को अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । स्वर्गीय आलेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस समवेदना प्रकट गर्दछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files