Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jan 29, 2012
केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका लागि निम्न लिखित व्यक्तिहरुलाई सदस्यमा आज नियुक्त

माघ १५, २०६८


प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख रामचन्द्र पौडेलले नेपाली कांग्रेसको विधानको धारा ३६ र नियामावलीको दफा २७ उपदफा ४ बमोजिम केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका लागि निम्न लिखित व्यक्तिहरुलाई सदस्यमा आज नियुक्त गर्नु भएको छ ।
तपसिल
क्र.स नाम जिल्ला
१.   मा. बलदेव शर्मा मजगैयाँ दाङ्ग
२.  मा. अजय द्विवेदी पर्सा
३.  डा. जगदीशचन्द्र पोख्रेल तनहुँ
४. सुधिरकुमार सिवाकोटी झापा
५. नारायणदत्त मिश्र कैलाली
६. पृथ्वीमान गुरुङ्ग चितवन
७. विनोद कायस्थ भक्तपुर 
८. विनोद भट्टराई काठमाण्डौं
९. डा. विष्णु शंकर पौडेल चितवन
१०. डा. राम थपलिया काभ्रे
११.  आनन्द सन्तोषी राई धनकुटा
१२. सरिता प्रसाई झापा
१३. दिनेश त्रिपाठी रुपन्देही
१४. माधवी कटुवाल मोरङ्ग
१५ जीतप्रकाश आले तनहुँ
१६.  धना खतिवडा ललितपुर
१७. नगिना देवी यादव महोत्तरी
१८.  छत्र टेलर  कैलाली
१९.  मुफ्तर अहमद  सिरहा
२०. श्याम लाल राना थारु कंचनपुर

प्रतिष्ठानमा पार्टीको नियमावली बमोजिम रहने २५ जना सदस्य मध्ये हाल २० जना मात्र नियुक्त गरिएको छ । अन्य सदस्यहरुका नियुक्ति सबै पक्षको सन्तुलनका आधारमा पछि गरिनेछ । प्रतिष्ठानको पहिलो बैठक यहि माघ २० गते २  बजे नेपाली कांग्रेस केन्द्रीय  कार्यालय सानेपामा बस्नेछ ।


प्रकाश शर्मा
निमित्त सचिव
 

Share on Facebook

Attachments#
No files