Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
May 08, 2011
कात्र्तिक ११, २०६७

कात्र्तिक ११, २०६७ प्रेस विज्ञप्ति
 
पार्टीको ऐतिहासिक १२ औं महाधिवेशन पश्चात नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको प्रथम बैठक सभापति श्री सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, सानेपा, ललितपुरमा आज बस्यो । 
बैठकमा— महामन्त्री श्री प्रकाशमान सिंहले बैठकका लागि विषय (एजेण्डा) सहित १२ औं महाधिवेशनका निर्णयहरु प्रस्तुत गर्नु भयो ।  नेपाली कांग्रेस १२ औं महाधिवेशन आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक श्री बलबहादुर के.सी., आर्थिक समितिका संयोजक श्री दीपकुमार उपाध्याय र केन्द्रीय निर्वाचन समितिका संयोजक श्री राधेश्याम अधिकारीले आ–आफ्नो समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो । बैठकले देहायको निर्णय गरेको छ—
१. पार्टीको १२ औं महाधिवेशनबाट प्राप्त प्रस्ताव एवं विविध सुझावहरुलाई समेत परिमार्जन र सम्पादन गर्न देहाय अनुसारको नीति तथा कार्यक्रम समिति गठन गरिएको छ । 
(१) श्री महेश आचार्य — संयोजक
(२) श्री दिलेन्द्रप्रसाद बडू — सदस्य
(३) श्री एन.पी. साउँद — सदस्य
(४) श्री मनमोहन भट्टराई — सदस्य
(५) श्री महेन्द्र यादव — सदस्य
(६) सुश्री रत्ना शेरचन — सदस्य
(७) श्री मीन विश्वकर्मा — सदस्य
२. पार्टीको १२ औं महाधिवेशनबाट प्राप्त प्रस्ताव एवं विविध सुझावहरुलाई समेत परिमार्जन र सम्पादन गर्न देहाय अनुसारको विधान संशोधन समिति गठन गरिएको छ । 
(१) श्री कृष्णप्रसाद सिटौला — संयोजक
(२) श्री ज्ञानेन्द्रबहादुर कार्की — सदस्य
(३) श्री दीपकुमार उपाध्याय — सदस्य
३. नेपाली कांग्रेसको नियमावली तयार गर्नका लागि देहाय बमोजिमको समिति गरिएको छ । 
(१) श्री अर्जुननरसिंह के.सी. — संयोजक
(२) श्री आनन्दप्रसाद ढुंगाना — सदस्य
(३) श्री नविन्द्रराज जोशी — सदस्य
(४) श्रीमती पुष्पा भुसाल — सदस्य
(५) श्री सुरेन्द्रराज पाण्डे — सदस्य
प्रस्ताव 
(१) नेपाली काँग्रेसको १२ औं महाधिवेशनमा सहभागी भई जिल्ला फर्कने क्रममा कास्कीका महासमिति सदस्य तेजप्रसाद दाहाल, क्षेत्रीय सभापति कृष्णप्रसाद पराजुली र पोखरा नगर कार्यसमितिका सदस्य युवराज पहारी सवारी दुर्घटनामा तत्कालै घटनास्थलमा मृत्यु भएको र सोही घटनाका अर्का व्यक्ति जिल्ला कार्यसमितिका सदस्य जोगेन्द्र बटाजुको उपचारका क्रममा मृत्यु भएकोमा कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । साथै, कास्की निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय सभापति माधव बाँस्तोला र जिल्ला कार्यसमितिका सदस्य मदन के.सी.को शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । 
(२) नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको पिता मानबहादुर शाहीको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 
केन्द्रीय कार्यसमितिको बैठक भोलि २०६७ कात्र्तिक १२ गते शुक्रबार विहान १०ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । 
 
रामचन्द्र पोखरेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files