माघ १, २०६८
शुभ–कामना
माघ १ गते ‘मकर संक्रान्ति’ लाई थारु जातिले विशेष पर्व (माघी) को रुपमा मनाउँदै आएका छन् । प्राचीन कालदेखि विभिन्न जात, जातिहरुको बसोबासको संगम स्थल हो— नेपाल । त्यसैले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्वहरुको आफ्नो बेग्लै विशेषता छ र एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ । देशमा लोकतान्त्रिक परिपाटी कायम भएपछि सरकारी स्तरबाट पनि यी सबैलाई सांस्कृतिक धरोहरको रुपमा सम्वद्र्धन गर्न तत्परता देखाइएको छ ।
थारु जाति नेपाल तराईका आदिवासी हुन् । धेरै पहिलेदेखि त्यहाँका अनेक कठिनाईहरु एवं मलेरिया, कालाजोर आदि व्याधीहरुको सामना गर्दै तराईलाई शस्यस्यामल भूमिमा परिणत गर्ने यी जातिहरुको परिश्रम र योगदानको म हार्दिक सह«ाना गर्दछु र माघीको सुखद अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।
जय नेपाल !
सुशील कोइराला
सभापति