Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Sep 10, 2017
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७४ भाद्र २५ गते बसेको बैठकको निर्णय (पूर्व केन्द्रीय सदस्य प्रतापराम लोहारको निधनप्रति)

 नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको अध्यक्षतामा आज २०७४ भाद्र २५ गते बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको
आकस्मिक बैठकद्वारा पूर्व केन्द्रीय सदस्य एवं पूर्व सहायक मन्त्री प्रतापराम लोहारको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित
शोक प्रस्ताव र निर्णय
 
१. नेपाली कांग्रेसको संगठन तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रुपमा संलग्न व्यक्तित्व नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व सहायक मन्त्री, दलित आन्दोलनका एक अथक योद्धा एवं समाजसेवी प्रतापराम लोहारको निधनबाट नेपाली कांग्रेस पार्टी स्तब्ध र मर्माहत भएको छ । स्वर्गीय लोहारले नेपाली कांग्रेसको संगठन तथा दलित उत्थानमा पु¥याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रही रहनेछ । उहाँको निधनबाट पार्टी र समग्र दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो आकस्मिक बैठक स्वर्गीय लोहारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछ । साथै, शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 
 
२. पूर्व केन्द्रीय सदस्य स्वर्गीय लोहारप्रति सम्मान प्रकट गर्दै २०७४ भाद्र २५, २६ र २७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउनुका साथै आज भाद्र २५ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गर्दछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
CWC Meeting 2074.05.25.jpg (172 KB)    Download