Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Sep 10, 2017
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य प्रतापराम लोहारको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 भाद्र २५, २०७४
प्रेस विज्ञप्ति
 
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य, दलित आन्दोलनका एक अथक योद्धा एवं समाजसेवी ७४ वर्षीय प्रतापराम लोहारको गत भाद्र २३ गते साँझ ५ बजे काठमाडौँको सुमेरु अस्पतालमा उपचारका क्रममा निधन भयो । उहाँ विगत केही समयदेखि मधुमेह, मृगौला र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । उहाँको श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ । 
 
नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ—
“नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य प्रतापराम लोहारको निधनको खबरले मलाई अत्यन्त मर्माहत र दुःखीत बनाएको छ । उहाँको निधनबाट नेपाली कांग्रेसको संगठन तथा समग्र दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको छ । नेपाली कांग्रेसको संगठन, लोकतन्त्रको सुदृढीकरण र  दलित उत्थानमा उहाँले पु¥याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रही रहनेछ । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । यस दुःखद घडीमा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारमा पार्टी र मेरो तर्फवाट हार्दिक समवेदना प्रकट गर्दछु ।”
 
स्वर्गीय लोहारप्रति श्रद्धाञ्जली अर्पण गर्न उहाँको पार्थिव शरीरलाई आज विहान ८ः३० बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा राखिने कार्यक्रम रहेको छ । 
पूर्व केन्द्रीय सदस्य प्रतापराम लोहारको निधनमा नेपाली काँग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा नेपाली काँग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव 
 
Share on Facebook

Attachments#
No files