Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 23, 2017
कार्यवाहक सभापति, केन्द्रीय सदस्यहरु मनोनित, केन्द्रीय अनुशासन समिति गठन

 भाद्र ७, २०७४
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका सभापति एवं सम्माननीय  प्रधानमन्त्री श्री शेरबहादुर देउवा भारतको ५ दिने औपचारिक राजकीय भ्रमणमा आज नयाँ दिल्लीतर्फ प्रस्थान गर्नु भएको 
छ । पार्टी सभापति श्री शेरबहादुर देउवाज्यूले भारत भ्रमणबाट स्वदेश फिर्ता नहुँदासम्मका लागि  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री श्री विमलेन्द्र निधिलाई कार्यवाहक सभापति तोक्नु भएको छ । 
 
यसैगरी सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा २१ (ठ) बमोजिम श्री हरिप्रसाद नेपाल (पाल्पा), श्री राधेचन्द्र यादव (बारा) र श्री अमृत अर्याल (मोरङ) तथा विधानको धारा २१ (झ) बमोजिम श्री ध्यानगोविन्द रञ्जित (काठमाडौँ) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ । 
साथै, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम केन्द्रीय सदस्य 
श्री रमेश रिजालको संयोजकत्वमा केन्द्रीय सदस्यहरु— श्री उमाकान्त चौधरी, श्रीमती कमला पन्त, श्री सुरेन्द्रराज पाण्डे र श्री हृदयराम थानी सदस्य रहनु भएको पार्टीको केन्द्रीय अनुशासन समितिको गठन गरिएको छ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files