Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 08, 2017
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयहरु

 श्रावण २४, २०७४
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज सम्पन्न भयो । आजको बैठकमा २०७४ असोज २ गते हुन लागेको प्रदेश नं. २ को स्थानीय तह तेस्रो चरणको निर्वाचन तथा समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भमा छलफल भएको थियो । बैठकमा— नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., महेश आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू र एन.पी.साउँदले आ–आफ्नो धारणा राख्नु भएको थियो । 
 
केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयहरु ः 
(१) स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट खडा गरिने उम्मेदवार चयनको प्रकृयाका सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको चैत्र १५, २०७३ मा बसेको बैठकले गरेको निर्णय अनुसार चैत्र १६, २०७३ को केन्द्रीय परिपत्र बमोजिम प्रकृया पूरा गरी उम्मेदवारको टुङ्गो लगाई २०७४ श्रावण २९ गते भित्र निर्णयको प्रतिलिपी सहित उम्मेदवारको नामावली केन्द्रमा पठाउन प्रदेश नं. २ का ८ वटै जिल्ला पार्टी निकायहरुलाई निर्देश गर्ने । 
 
(२) विद्यालयमा कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्नका लागि शिक्षा सेवा आयोगले लिने परिक्षामा सामेल हुन पाउने र आयोगको परिणामपछि पनि गोल्डेन ह्याण्डसेक पाउने व्यवस्था कायम राख्ने निर्णय गर्दछ । यसका लागि तुरुन्त आवश्यक प्रवन्ध मिलाउन नेपाल सरकारसंग जोडदार माग गर्दछ ।
यसबाट लामो समयदेखि अस्थायी रुपमा कार्यरत शिक्षकहरुलाई स्थायी हुने अवसरका साथै माग बमोजिम शिक्षकहरुलाई गोल्डेन ह्याण्डसेकबाट न्याय प्राप्त हुने नेपाली कांग्रेसको विश्वास रहेको छ ।
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files