चैत्र १७, २०६७
प्रेस विज्ञप्ति
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा आज बस्यो । आजको बैठकमा केन्द्रीय सदस्यहरू— रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह के.सी., बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, दीपकुमार उपाध्याय, डा. प्रकाशशरण महत, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, भीष्मराज आङ्दम्वे, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, रामकुमार चौधरी, कृष्णचन्द्र नेपाली, रमेश रिजाल, नविन्द्रराज जोशी, धनराज गुरुङ, शंकर भण्डारी, गगनकुमार थापा, डिल्लीराज रेग्मी र रामचन्द्र तिवारीले आफ्नो धारणा राख्नु भएको थियो ।
आजको बैठकमा अर्थ सचिव रामेश्वर खनालको राजीनामाको सन्दर्भमा संविधानसभामा नेपाली कांग्रेसका सभाषद्हरुले बैठक बहिष्कार गरेको तर्फ कार्यसमितिको गम्भीर ध्यानाकर्षण भयो । मुलुकमा कुनै पनि किसिमको आर्थिक अनियमितताको पक्षमा नेपाली कांग्रेस कहिले पनि रहेको छैन । अर्थमन्त्रीको दवावका कारण अर्थ सचिवको राजीनामा आएको भन्ने जे जति कुरा बाहिर आएका छन् । यसबारे सरकारले गम्भीरतापूर्वक सदन र आम नेपाली जनता समक्ष सत्य तथ्य यथाशीघ्र प्रस्तुत गर्न नेपाली कांग्रेस मांग गर्दछ ।
महामन्त्रीले प्रस्तुत गर्नु भएको नेपाल विद्यार्थी संघ सम्बन्धी प्रतिवेदन उपरको आजको बैठकमा भएको छलफल जारी नै रहेको छ ।
केन्द्रीय कार्यसमितिको बैठक भोलि २०६७ चैत्र १८ गते शुक्रबार मध्यान्न १२ः०० बजे पुनः बस्नेछ ।
वसन्तकुमार गौतम
मुख्य सचिव