Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Press Release
Jun 15, 2012
नेपाली कांग्रेसद्वारा गोरखा कांग्रेस कार्यकर्ताहरुको तुरुन्त रिहाईको मांग

 

असार १, २०६९
प्रेस विज्ञप्ति

 २०६९ जेठ २५ गते गोरखा जिल्ला मसेल गा.वि.स.को विन्द्रावती उ.मा.वि. मसेलमा हतियार सहित प्रवेश गरेका माओवादी कार्यकर्ताहरुको स्थानीय विद्यार्थीहरुले विरोध गर्दा उत्पन्न भएको घटनामा सत्य तथ्य छानविन नगरी एकपक्षीय ढंगबाट नेपाल विद्यार्थी संघका कार्यकर्ता सितलमान गुभाजु, भरत भट्टराई, पूर्णबहादुर गुरुङ र नेपाली कांग्रेस मसेल गाउँ कार्यसमितिका सभापति बद्री नारायण श्रेष्ठलाई राज्य संयन्त्रको चरम दुरुपयोग गरी ज्यान मुद्दामा फसाउन लागेकोमा नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।
 उक्त घटना पश्चात उत्पन्न परिस्थितिलाई समाधान गर्नको लागि नेपाली कांग्रेस र एनेकपा (माओवादी) बीच २०६९ जेठ ३० गते भएको सहमतिको मसी सुक्न नपाउँदै राजनीतिक दलहरुबीच गरिएको सहमतिलाई अपव्याख्या गरी राज्य संयन्त्रको दुरुपयोग गरी नेपाली कांग्रेस समर्थक कार्यकर्ताहरुलाई तर्साउने र फसाउने उद्देश्यका साथ गरिएको यस घृणित कार्यप्रति नेपाली कांग्रेस घोर विरोध र भत्र्सना गर्दछ ।
 आपराधिक जत्था र व्यक्तिहरुलाई कारवाही गर्न र राजनैतिक प्रतिशोधपूर्ण फसाईका नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई विना शर्त रिहाई गर्न नेपाली कांग्रेस जोडदार मांग गर्दछ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
 


Attachments#
No files